ओली–प्रचण्डबीच बालुवाटारमा छलफल, जुट्ला त सहमति ?



पोखरा

मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन लगातार छलफलमा जुटेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल भएको छ । 

सोमबार बिहान साढे ११ बजे अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन् ।

यसअघि बिहीबार, शुक्रबार र आइतबार भएको लगातारको छलफलमा पनि ठोस सहमति जुट्न सकेको थिएन । खासगरी मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रीमण्डल गठनमा ढिलाइ भएको हो । 

मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रिहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।

 त्यस्तै समीकरण मिलाउन ओली र प्रचण्डबीच तीन वटा मन्त्रालय समेत टुक्र्याउने बारेमा समेत कुराकानी भइरहेको बुझिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको स्रोतहरुको भनाइ छ । 
तर नेकपाभित्रै मन्त्रालय फुटाउन नहुने आवाज पनि उठ्दै आएको छ । एक स्थायी समिति सदस्य भन्छन्, ‘विगतमा मन्त्रालय फटाउने र धेरै मन्त्रीहरु बनाउने काम भयो । त्यसले विकृति र विसंगति ल्यायो । त्यो बुझेर नै हामीले संविधान २५ जना भन्दा बढि मन्त्री बनाउन नमिल्ने बनायौ ।’ 

उनले भागवण्डा मिलाउनकै लागि मन्त्रालय संख्या बढाउने निर्णय संवैधानिक मर्म र जनभावना विपरीत हुने भन्दै त्यसको राम्रो संकेत नजाने दावी गरे । हाल २१ वटा मन्त्रालय छन् । यदि चर्चामा आएजस्तै तीन वटा मन्त्रालय फुटाउने हो भने २४ वटा हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja