नेपाल एयरलाइन्सद्वारा ९ आन्तरिक विमानस्थलमा उडान सुरु



पोखरा

नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ ९ विमानस्थलमा उडान सेवा प्रारम्भ गरेको छ । निगमले उडान तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अब नेपाल एयरलाइन्सको जहाजबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म जान सकिने भएको छ । यि काठमाडौंबाट सिधा उडान हुने गन्तब्य हुन् ।

यी बाहेक रुकुम-नेपालगन्ज-रुकुम, नेपालगन्ज-जुम्ला-नेपालगन्ज, नेपालगन्ज-बाजुरा-नेपालगन्जमा समेत नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरेको जानकारी गराएको छ ।

उडानका दौरान नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिने भएको छ ।

नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका

सेक्टर  उडान हुने दिन     
काठमाडौं-रुकुम-काठमाडौं
रुकुम -नेपालगंज-रुकुम
आईतवार, बिहीबार
नेपालगंज-जुम्ला-नेपालगंजआईतवार
काठमाडौं-भोजपुर-काठमाडौंसोमबार, मंगलबार, शुक्रबार
काठमाडौं -दाङ्ग-काठमाडौंसोमबार, बुधबार, शुक्रबार
काठमाडौं-फाप्लु-काठमाडौंआईतबार, मंगलबार,
काठमाडौं-थामखर्क-काठमाडौंबुधबार
नेपालगंज-बाजुरा-नेपालगंजबिहीबार
काठमाडौं-ताप्लेजुङ्ग-काठमाडौं
काठमाडौं-खानीडाँडाँ-काठमाडौं
बुधबार, शनिवार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja