बागलुङका होटल खुले तर पाहुना आएनन्



पोखरा

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन महिना लामो बन्दाबन्दीका कारण ठूलो मारमा परेका बागलुङका होटल व्यवसाय खुल्न थाले पनि सुनसान जस्ता देखिएका छन् ।

बन्दाबन्दीका कारण ठप्प बागलुङको होटल व्यवसाय सरकारको निर्णयसँगै यही साउन १५ देखि खुलाइए पनि व्यवसायी उत्साहित बन्न सकेका छैनन् । बन्दाबन्दी खुलेपछि केही चलायमान हुनेमा व्यवसायी आशावादी भए पनि कोरोना सङ्क्रमणको सन्त्रास यथावत् रहेका कारण होटल खुलाउने मात्रै काम भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।

पछिल्लो समय बागलुङमा विदेशी पर्यटकको समेत आकर्षण बढ्न थालेको थियो भने मुस्ताङ भ्रमणका लागि जाने आन्तरिक तथा भारतीय पर्यटक बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनका लागिसमेत आउन थालेका थिए । कोरोना भाइरसका कारण सबै गतिविधि ठप्प छन् ।

सरकारले न्यूनतम मापदण्ड पूरा गरी होटल खुलाउन भनेपछि होटल खुला गरेको भए पनि पाहुना नआएको शीतल पार्टी प्यालेसका सञ्चालक तालबहादुर कुँवरले बताए । “एक महिना घरभाँडासमेत छुट भयो, त्यसयता व्यवसाय ठप्प भएपछि भाँडा तिर्नसमेत समस्या भइरहेको छ”, उनले भने, “होटल खुलेर के गर्नु ? कोरोना जोखिम कम भएको छैन, विदेशी पाहुना आउन अन्तरराष्ट्रिय उडान ठप्प छन् ।”

होटल हिल भ्यूका सञ्चालक ललिता थापाले होटलको ढोका खोले पनि तत्कालै उत्साहजनक हिसाबले पाहुना आउने अवस्था नरहेको बताए । पर्यटनसँग आबद्ध व्यवसाय उठ्नै नसक्ने गरी थला पर्न थालेको पर्यटन व्यवासायीले गुनासो गर्दै आएका छन् । सामाजिक दूरी कायम गर्नुपर्ने र सुरक्षा मापदण्ड अपनाउनुपर्ने समयमा घुम्ने रहर भए पनि मनमै खुम्च्याउन पर्यटक बाध्य भएपछि पर्यटन व्यवसाय ठप्प प्रायः बनेको बागलुङ पर्यटन विकास समितका अध्यक्ष राजु खड्काले बताए ।

कोरोना सङ्क्रमणको समयमा होटल क्वारेन्टिन बनाएर जिल्ला सदरमुकामका होटलले केही विदेशबाट आएका पाहुना राखेभन्दा अरू पाहुना नआएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja