भ्रष्टाचार मुद्दामा आफ्नो नाम मुछिएपछि स्पेनका पूर्वराजा कार्लोस देश छोड्दै



पोखरा

भ्रष्टाचार मुद्दामा आफ्नो पनि नाम मुछिएपछि स्पेनका पूर्वराजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेका छन् ।

८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएको स्पेनिस राजदरबारले जनाएको छ ।

पूर्वराजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध हुने प्रतिबद्धतासमेत जनाएका छन् ।

गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्वराजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरू गरेको थियो ।

स्पेनलाई अधिनायकवादबाट जोगाउँदै प्रजातन्त्रको अभ्यासमा कूशलतापूर्वक नेतृत्व प्रदान गरेका कार्लोस जनप्रिय मानिन्थे ।

छोरा फेलिपेलाई सन् २०१४ मा सत्ता हस्तान्तरण गरेका उनी देश छोडेर अब कहाँ जान लागेका हुन् भन्नेबारे केही पनि नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja