पोखरामा क्वारेन्टिन भित्रै कोरोना संक्रमण फैलियो !



पोखरा

पोखरा महानगरको लेकसिटी हस्पिटलको क्वारेन्टिनमा गरिएको परीक्षणमा १२ जनामा एकैपटक कोरोना भाइरस पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य निर्देशनालायले सार्वजनिक गरेको नतिजामा पोखरा महानगरका १४ जनामा कोरोना भाइरस पुष्टि भएकोमा कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएका लेकसिटीको क्वारेन्टिनका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

लेकसिटीमा साउन ८ गते कोरोना पोजेटिभ देखिएका ३ जनाको नजिकको सम्पर्कमा  रहेका क्वारेन्टिनका १२ जनामा कोरोना भाइरस देखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले पोखरा न्यूजलाई बताए ।

शर्माका अनुसार संक्रमण पुष्टि हुनेमा विभिन्न समयमा देशका विभिन्न भू-भागबाट उक्त क्वारेन्टिनमा आएर बसेका १२ जना पुरुषहरु रहेका छन् ।

महानगरले उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्याक्ट ट्रेसिंङ गर्न शुरु गरेको पौडेलले बताए  । लेकसिटीको  क्वारेन्टिनमा हाल ५७ जना पुरुषहरु रहेका छन् ।

समुदायमा  फैलिएको नभई क्वारेन्टिनमा  रहेकाहरुमा नै संक्रमण पुष्टि भएका कारण डराउनुपर्ने विषय नरहेको पौडेलले बताए  ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja