गरिब, निमुखा जनता पिर र चिन्तामा बौलाउदै



सरकारको ढाकछोपमै भ्रष्टाचार, हत्या, बलात्कार, अपराध मौलाउदै ।

पोखरा

न्यायको के अपेक्षा गर्नु न्यायकै हत्या हुन लागेछ
निर्दोषले न्याय पाउदैन, दोषिको प्रमाण सत्य हुन लागेछ ।
बलात्कारी, भ्रष्टाचारी अनि अपराधी बचाउने नीति ….
दुइचार पैसा अनि एकदुई कलमै फत्ते हुन लागेछ ।

अभिषेक शर्मा

चिनको वुहान शहरबाट उत्पत्ती भएर अहिले विश्वका सबै देशमा फैलिएको कोभिड १९ कोरोना नामक भाइरसको नाम नसुन्ने अनि यसबाट त्रसित नहुने मानवसमुदाय बिरलै छन् होला । उक्त भाइरसको सुरक्षा र सतर्कता निम्ति विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार विश्वका सबै देशले लकडाउन अर्थात् बन्दाबन्दी किस्ताको ढाचामा जारी राखिरहेरमिति थपिरहे । उक्त भाइरसले कसैले कल्पना नै गर्न नसक्ने खालको महाविपत्ती सिर्जना गरायो । विश्वभरी नै उक्त भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १५६,७३५,११ ,ज्यान गुमाउनेको सङख्या ६३६,८४८ र निको भइ घर फर्किनेको सङ्ख्या ९५६०६०४ रहेको विश्व स्वास्थ्य संगठन (W.H.O)ले तथ्यांक सार्वजनिक गरेको छ । जसबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । उक्त भाइरसका कारण हाम्रो देश नेपालमा पनि सङ्क्रमितको सङ्ख्या १८२४१, ज्यान गुमाउनेको सङ्ख्या ४३ र निको भइ घर फर्किनेको सङ्ख्या १२८४० रहेको छ । भगवान सङ्ग प्राणको रक्षा गर्दै प्रार्थना गर्नुबाहेक औषधिको रुपमा अरु कुनै विकल्प नै भएन । एक्काइसौं शताब्दीमा आइपुग्दै गर्दा जसरी बिज्ञान र प्रविधिका विशाल–विशाल आविष्कार भए न त उक्त भाइरसलाई कुनै विज्ञानद्वारा निर्मित यन्त्रले नै नष्ट गर्न सक्यो न त ठुला ठुला आणविक उद्योगमा बनाइएका एटम बमले नै ध्वस्त गराउन सक्यो । हजारौं माइलको यात्रा गरि गन्तव्यमा पुगिसकेपछि आत्मरक्षा गर्नको लागि विश्वमानव समुदाय नै नजरबन्द बनी एकान्तवास हुनुपर्यो।एउटा देश होईन, दुइटा देश होइन, विश्वका सबै देश यस भाइरसको आहार बन्नुपर्यो, लाखौले ज्यान गुमाउनुपर्यो, कोहि यमराजको सितन बन्नुपर्यो, कोहि घरायसी तनाव, कोहिका लागि बित्तीय संस्थाबाट ब्यबसाय सन्चालन गर्न लिएको कर्जाको किस्ता रकम चुक्ता गर्न नसक्ने तनाव र चिन्ताले आत्महत्या गर्नुपर्ने बाध्यात्मक स्थिती सिर्जना गरायो। देश र जनता यस्तो सङक्रमणकालिन अवस्थामा गुज्रिरहेको बेला हाम्रो सरकार व्यंग्यात्मक शैलीमा बोल्न र आँखामा छारो राख्नमा मात्रै तल्लीन भयो।हर जुनसुकै क्षेत्रमा चुकिरह्यो ।

२०७४ सालमा भएको निर्वाचनमा दुइतिहाइ बहुमत प्राप्त सहितको नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्यो । त्यही मितिदेखी नै सरकार एकतन्त्रीय शासन र देशका हरेक अङ्गलाई आफ्नो हातमा मुठी पारेर आफ्नो वशमा पारी अघि बढिरह्यो।आफुलाइ आवश्यक र सुहाउँदो कानुनहरु फेरबदल गर्नेदेखी लिएर एकपछी अर्को गर्दै अनेक प्रकारका बिधेयक ल्याउनमा अग्रसर बनिरह्यो । बिधिको शासनलाइ पैताला मुनि पारेर निष्क्रिय पार्नमै उद्धत (सक्रिय) देखियो । न त कहिल्यै जनताको जायज माग र आन्दोलनलाई सम्बोधन, समर्थन गर्यो न त प्रतिपक्षको कुरा नै सुन्यो । “सुखी नेपाली, समृद्ध नेपाल” नामक नारा (गीत) गाउदै सरकारले सडकदेखी सदन सम्म घन्क्याइरह्यो, गाउदै हिड्यो । निमुखा अनि गरिब जनतालाई श्रोता बनाई सुनाइरह्यो । जुन आशा अनि अपेक्षा गरेर जनताले निर्वाचित गराएर सरकारलाई पठाए सोहिअनुरुपको कुनै काम हुन सकेन र सरकारले गर्न सकेन । सक्यो त सरकारले के भन्दा भ्रष्टाचार, बलात्कार अनि हत्याराको संरक्षण गर्न सक्यो, बेथिति, कुशासन र संविधानको र्मलाई लात हान्न सक्यो, मिडिया काउन्सिल जस्तो स्वतन्त्रता अभिव्यक्ति माथी बुझो लगाउने बिधेयक ल्याउन सक्रिय बन्यो तर शुसासन र विधि र संविधानको सम्मान गर्नेहरुले उक्त बिधेयकलाई पास गराउन दिएनन् । जति देशमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार मौलाउदै गयो त्यति सरकार तिनै अपराधी सिकारीहरुलाई बचाउन र ढाकछोपमै लाग्योरलागिरहेको छ । सदनमा गएर मानव अधिकारका बढो चिल्ला मिठा गफ गर्न सिपालु महासयहरु आज कहाँ लुकिरहनुभएको च ? कंचनपुरमा एउटी निर्दोष बालिका निर्मला पन्तले बलात्कृत भइ ज्यान गुमाउनुपर्यो, बा–आमाको सपना टुटाएर सधैंको लागि बिदा हुनुपर्यो, आफु कलिलो उमेरमै राक्षसरुपी सिकारिको सिकार बन्नुपर्यो । तर निर्मला हत्याकाण्ड भएको यत्तिका बर्ष हुँदा सम्म सरकार द्वारा निर्देषित छानबिन समितिले दोषीलाई कार्बाही गर्नुको साट्टो उल्टो बचाएर राख्यो,संरक्षण ग¥यो, यो घटनालाई एउटा कानले सुनेर अर्को कानले उडाउने प्रवृत्तिको शैली सरकारले प्रदर्शन गर्यो । आज पनि निर्मला पन्त जस्तै हजारौं पन्त नेपाली चेलीहरु एसिड प्रहार खेप्नुपरेको छ,सरकार द्वारा पालिएका सिहको सिकार बन्नुपरेको छ, दिन प्रतिदिन बलात्कार र यौन हिंसाको भागिदार हुनुपरेको छ । तर सरकार यस्तै प्रकारका सिँहलाई पाल्न र पालनपोषणमै सक्रिय छ । पत्नी हत्यामा सङ्लग्न कुनै दोषी अपराधीलाइ सरकारले कानुन भन्दा पनि माथी रहेर, न्यायलयलाइ पैसामा बिकाइ, संविधानको र्मलाई छेड हान्दै सम्मानका साथ जेलबाट सम्मान सहित पठाएको देख्दा बडो अचम्म लाग्यो । धन्य सरकार ! यस्तै यस्तै अपराधी पाल्नु भनेर जनताले कर दिएका होइनन् सम्माननिय ज्यु यो त पसिनाका बलिन्धारा खसालेर संचित गरेर सरकारले केही सुविधा देला, स्वास्थ्य, शिक्षा, पुर्वाधार र सडक बिकासमा उपयोग होला हो भनेर हो । माननीय र सम्माननिय भएर सम्बोधन शिरोधार्य गर्ने तपाइँहरु TATA, SUMO गाडीमा अनि महङ्गो चार्टर्ड गरि गुड्ने र उड्नेमा जनताको तातो रगत उम्लिरहेको छ ,जनताको पसिना उडिरहेको छ । जनताको थोपा-थोपा पसिना र रगतमा पौडी खेली रमाउन सिपालु सरकार अहिले भ्रष्टाचारी, बलात्कारी, एसिड छ्याप्ने अपराधी सिकारीहरुको बचाउ गर्दै न्यायलय नै आफ्नो अधीनमा पारी सफलताको खुशियाली क्षणमा ठुला–ठुला पाचतारे होटलमा पार्टी, सेमिनार अनि गोष्ठीमा रमाइरहेको छ । महँगो–महँगो ब्रान्डेड ह्विस्की र वाइनको आनन्द लिदै गरिव र निमुखाको पसिनामा बहदै नाचिरहेको छ, गाइजात्रा देखाइरहेको छ ।

न्यायको के अपेक्षा गर्नु न्यायकै हत्या हुन लागेछ
निर्दोषले न्याय पाउदैन, दोषिको प्रमाण सत्य हुन लागेछ ।
बलात्कारी, भ्रष्टाचारी अनि अपराधी बचाउने नीति ….
दुइचार पैसा अनि एकदुई कलमै फत्ते हुन लागेछ ।
!! निर्मला पन्त जस्तै हजारौ निर्मलाहरुप्रती हार्दिक श्रद्धासुमन !!

लेखक : जनप्रिय बहुमुखी क्याम्पस बि.ए दोश्रो वर्षमा पत्रकारिता अध्ययनरत विद्यार्थी हुन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja