कोरोना कहर : यो वर्षको चाइना मास्टर्स र डच ओपन प्रतियोगिता रद्द



पोखरा

विश्व व्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ)ले  कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण थप दुई अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ ।

बीडब्ल्यूएफले मंगलबार चाइना मास्टर्स र डच ओपनको यो वर्षको संस्करण रद्द गर्ने निर्णय गरेको हो ।

यो वर्षको बीडब्ल्यूएफको क्यालेन्डरबाट १०० भन्दा बढी प्रतियोगिताहरु रद्द हुने अवस्था आएको विज्ञप्तिमा भनिएको छ ।

यसमा चाइना मास्टर्स २०२० तथा योनेक्स डच ओपन २०२० पनि परेका हुन् ।

चाइना मास्टर्स फेब्रुअरी २५ देखि मार्च १ सम्म आयोजना हुने तय भएको थियो । तर, महामारीका कारण दुईपटक सर्दै यो अहिले प्रतियोगिता रद्द भएको हो ।

यस्तै, डच ओपन अक्टोबर ८ देखि ११ सम्म हुने तय भएको थियो । तर, महामारी नरोकिएपछि प्रतियोगिता रद्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja