विद्युतीय मोटरसाइकलमा कति बढ्यो कर ?



पोखरा

सरकारले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको कर बढाएको छ ।

सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको करमा वृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को बजेट अनुसार विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढाउने उल्लेख छ ।

यसअघि विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको ७ हजार ५ सय सडक निर्माण दस्तुरलाई बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएकाे छ ।

नयाँ विद्युतीय मोटरसाइकलको मूल्य अब कम्तीमा चार हजार पाँच सय रुपैयाँले बढ्नेछ ।

अहिले १ सय ५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नुपर्छ । त्यस्तै १ सय ५६ सीसीभन्दा माथि २ सय ५० सीसीसम्मका मोटरसाइकलले १८ हजार र २ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाइकलले ५० हजार सडक दस्तुर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja