बलिउडका दिवंगत नायक ऋषि कपुर र इरफान खानमाथि आपत्तिजनक ट्वीट गरेको विषयमा नायक तथा निर्माता खानविरुद्ध एफआइआर दर्ता



बलिउडका दिवंगत नायक ऋषि कपुर  र इरफान खानमाथि आपत्तिजनक ट्वीट गरेको विषयमा नायक तथा निर्माता कमाल आर खानविरुद्ध एफआइआर (फर्स्ट इन्फर्मेशन रिपोर्ट) दर्ता भएको छ । नायकविरुद्ध उपनगरीय क्षेत्र बान्द्रामा बुधबार एफआइआर दर्ता गरिएको छ । कमाल खार खानविरुद्ध यो एफआइआर युवा सेनाको कोर कमिटी सदस्य राहुल कनलले दर्ता गरेका हुन् । वास्तवमा अप्रिल २९ मा ऋषि कपुर अस्पतालमा भर्ना भएको खबर सार्वजनिक भएको थियो । त्यसपछि कमाल खार खानले एक–एक गरी दिवंगत अभिनेताविरुद्ध ट्वीट गर्न सुरु गरे ।

ऋषि कपुर अस्पताल भर्ना भएको खबरबारे कमालले ट्वीट गर्दै लेखे, ‘ऋषि कपुरलाई अस्पताल भर्ना गरिएको छ । म उनलाई यत्ति मात्र भन्न चाहन्छु कि सर ठिक भएर फिर्ता हुनुहोस् । बाहिर ननिस्कनुहोस् किनभने रक्सी पसल २–३ दिन पछि मात्रै खुल्नेछ ।’

उनको यस्तो ट्वीटपछि सोसल मिडिया प्रयोगकर्ताले उनको निकै आलोचना गरेका थिए ।

यसअघि कमालले दिवंगत अभिनेता इरफान खानविरुद्ध पनि अपमानजनक भाषा प्रयोग गर्दै ट्वीट गरेका थिए । इरफान खानकी आमा सईदा बेगमको निधनको खबरबारे उनले ट्वीटमा भनेका थिए, ‘इरफान खानलाई पाप लागेको हो त्यसैले त उनी क्यान्सरसँग जुधिरहेका छन् र उनकी आमाको निधन भएको छ ।’

उनको यो ट्वीट पछि कमाल सोसल मिडिया प्रयोगकर्ताको निशानामा आए तसर्थ उनले पछि आफ्नो ट्वीट डिलिट गरिदिए ।

यद्यपि, उनका भद्दा ट्वीटको सिलसिला यत्तिमा मात्रै सिमित भए । उनले अन्य थुप्रै आपत्तिजनक ट्वीट गरे जसका कारण सोसल मिडिया प्रयोगकर्ताले उनको अकाउन्ट सस्पेन्ड गर्ने माग गरकेका थिए ।

स्रोतः न्यूज18

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja