थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगे



नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 

थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ । 

मंगलबार  झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १, मकवानपुरका १, रामेछापका १, कपिलबस्तुका ४, लमजुङका १, सिन्धुलीका १ र नवलपरासीको १ जना गरी २७ संक्रमित पुष्टि भएको उनले बताए । 

संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् । संक्रमितमा २४ पुरुष र ३ महिला रहेका छन् । योसँगै कोरोना संक्रमण ३६ जिल्लामा फैलिएको छ।  
 

यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja