डिशहोमले लकडाउनका कारण घरमै बसेका विद्यार्थीहरुका लागि ‘डिशहोम घरमै क्लास’ सञ्चालन गर्याे



। लकडाउनमा समयमा पनि डिशहोमले आफ्ना समस्यामा परेका ग्राहकलाई विभिन्न प्रकारका सेवा तथा सुविधाहरु दिँदै आएको छ । लकडाउनका कारण घरमा बस्न बाध्य विद्यार्थीदेखि डिशहोमको शुल्क तिर्न नसकेका ग्राहकलाई डिशहोमले विशेष प्राथमिकतामा राखेर अफर र सञ्चार सामग्रीहरु ल्याएको छ ।

डिशहोमले लकडाउनका कारण घरमै बसेका विद्यार्थीहरुका लागि ‘डिशहोम घरमै क्लास’ सञ्चालन गरिरहेको छ । जसलाई धेरै विद्यार्थी तथा अभिभावकले खुबै मन पराएका छन् ।

डिशहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा गत बैशाख २० गतेबाट कक्षा ४ देखि कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु डिशहोमका च्यानलहरुमा प्रशारण भइरहेको छ ।

डिशहोमको च्यानल नं. ११४ माकक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं. ११७ माकक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म प्रशारण हुने गरेको छ । डिशहोमले कुनै कारणबस यस्ता कक्षा छुट्न गएमा कार्यक्रम रेकर्डमा राखेर पछि हेर्न मिल्ने व्यवस्था पनि गरेको डिशहोमा सेल्स महाप्रवन्धक रमेश सापकोटाले जानकारी दिए ।

‘हामीले घरमा बसेका विद्यार्थीलाई पढ्ने बानी नछुटोस् र लकडाउनलाई उनीहरुले अधिकतम् रुपमा सही काममा उपयोग गर्न सकुन् भनेर तालिका नै बनाएर कक्षा चलाइरहेका छौं,’ उनले भने,’दक्ष शिक्षकहरुले विद्यार्थीले बुझ्न् गरी कक्षा लिनुहन्छ ।’

डिशहोमले यस्ता कक्षाले आफ्ना ग्राहकका छोराछोरी तथा सन्तानको सिर्जनसिलता र पढ्ने लेख्ने शैलीमा पनि विकास र स्तरवृद्धि हुने विश्वास लिएको छ । यस्तो कक्षालाई धेरै विद्यार्थी र अभिभावकले निकै रुचाएको सापकोटाले बताए ।

‘लकडाउनमा घरभित्रै बसेर पनि अध्ययन गर्न खोज्ने बालबालिकालाई यो निकै महत्वपूर्ण अवसर पनि हो,’ सापकोटा भन्छन्,’विद्यालय नखुलिहरेको समयमा छोराछोरीको पढाई बिग्रने चिन्तामा रहेका अभिभावकले पनि यसलाई निकै मन पराउनुभएको छ ।’

यति मात्रै हैन, विभिन्न कारण रिचार्ज गर्न नसकेको पुराना ग्राहकहरुलाई डिशहोमले बैशाख २१ गतेदेखि लागू हुने गरी ३० दिनसम्मका लागि सेवा निःशुल्क गरेको छ ।

सेल्स महाप्रवनधक सापकोटा
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत यस्तो सेवा दिएको बताएको छ । एक महिनाका लागि सम्पूर्ण २०८ वटै च्यानलहरु निःशुल्क उपलब्ध गराएको महाप्रवन्धक सापकोटाले बताए ।

‘लकडाउनमा समस्या भोगेका र विगत ६ महिनादेखि रिचार्ज गर्न नसकेकाहरुलाई यस्तो सुविधा दिएका हौं,’ उनले भने,’यसबाट धेरैले लाभ लिनुभएको छ ।’

विशेष गरी विपन्नन अवस्थामा ग्राहकले पनि यसबाट लाभ लिन भन्दै कम्पनीले सन्तुष्टी व्यक्त गरेको छ । यो सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको परिवारसँगको बसाईलाई रमाइलो बनाउन अझ बढी सहयोग गर्ने डिसहोमको विश्वास छ ।

‘यो समयमा कोरोना रोगबारेको सूचना बढीभन्दा बढी लिन सक्नुपर्छ,’ सापकोटाले भने,’यो अफरले धेरै ग्राहकले लाभ लिन सक्नुभएको छ ।’

डिसहोमसँग नेपालका टिभी सेवा प्रदायकमध्य सबैभन्दा बढी प्रयोगकर्ताको नेटवर्क छ । भूउपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँचमा ग्राहकहरू छन् ।

कम्पनीले लकडाउनको अवधिमा रिचार्ज गर्न नकसकेका ग्राकहहरुलाई थप १० दिनको क्रेडिट सुविधा दिइरहेको छ । साथै रिचार्ज किन्न नसकेकाहरुलाई आफ्ना सब डिलरहरुमार्फत घरमै रिचार्ज कार्ड पुर्‍याउने व्यवस्था पनि गरेको छ ।

कम्पनीको टोल फि्र नम्बरमा सम्पर्क गरेर आफ्नो समस्या बताउने ग्राहकलाई टेलिभिजन रिचार्ज गर्न कम्पनीले घरमै रिचार्ज कार्ड पुर्‍याउने सुविधा दिएको हो । यसबाट पनि हजारौं ग्राहकले लाभ लिएका छन् । onlinekhaber baat savar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja