शुक्रबार थप एक जनामा कोरोना संक्रमण



शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ।
भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
याे सहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुषकाे संख्या ७४ छ भने २८ जना महिला रहेकाे मन्त्रालयले जनाएकाे छ।

प्रदेश नम्वर एकमा ३१, प्रदेश दुईमा ३०, बागमतीमा ७, गण्डकीमा २, प्रदेश पाँचमा २७, सुदुर पश्चिममा ५ जना संक्रमित छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रिमत देखिएका छैनन्।
उपचाररत सबैकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ।

हालसम्म काेराेना संक्रमण भएका ३० जना निकाे भएका छन्। जसमध्ये तीन जनामा पुन: काेराेना पाेजेटिभ देखिएकाे छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja