हेडलाइन बंगाएर बदमासी भयाे,कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत



नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले हेडलाइन बंगाएर बदमासी गरेको भन्दै आपत्ती जनाएका छन् । प्राइम टेलिभिजनको अन्तर्वार्तामा मध्यावधि मागेको शिर्षक बनाएर रिपोर्टर्स नेपाल नामकअनलाइनले समाचार प्रकाशन गरेको थियो । तर, महतले आफुले अहिले कोरोनाको संक्रमणका कारण विश्व प्रताडित बनिरहेका बेला आफुले मध्यावधि निर्वाचनको माग नै नगरेको बताए । आफुले सरकारको आलेचना गरेको सहन नसक्नेहरु अहिले मध्यावधि मागेको भन्दै सामाजिक सन्जालमा विरोध गरिरहेको पनि उनले बताए ।

‘पुरा अन्तर्वार्ता हेर्नुभयो भने अहिले मध्यावधि चाहियो भनेर मैले भनेको कतै पाउनुहुन्न,’ महतले , ‘ यस्तो विपतको बेलामा पनि भ्रष्टाचार हुनथाल्यो । सरकारले राम्रोसँग जनताको पक्षमा काम गर्न सकेन । त्यसकारण संक्रमण सकिइसकेपछि देशमा के अवस्था आउनसक्छ भन्ने सन्दर्भमा विभिन्न उपाय हुनसक्छ । जसमध्ये मध्यावधि पनि हुनसक्ला भनेको थिएँ । त्यसलाई बंगाएर हेडलाइन राखेर समाचार बनाइयो ।’ उनले हेडलाइन मात्र हेरे प्रतिक्रिया नदिन पनि आग्रह गरेका छन् । उनले अन्तर्वार्तामा मेडिकल सामाग्री खरिदमा भएको घोटाला छानविन गर्न माग गरेका थिए ।

महतले अन्तर्वार्तामा उपप्रधान एवं रक्षामन्त्री एवं कोरोना रोकथामका लागि बनाइएको उच्चस्तरीय समितिका संयोजक इश्वर पोख्रेलले सरकारमा बस्ने नैतिकता गुमासकेको बताएका थिए । ‘ अहिले सरकार ठेक्का रद्द ग¥यौं भनेर चोखिन खोजेको छ । सामान ल्याइसकेको छ, त्यसको के हुन्छ ? त्यसको पैसा उहाँहरुले तिर्दैहुनुहुन्छ हुन्न । त्यत्रो खर्च गरेर प्लेन लगेको के हुन्छ रु प्रतिस्पर्धामा जसले कम मूल्यमा गर्न खोज्दै थिए तिनीहरुलाई पूर्ण रुपमा वाइपास गरेर गरिएको छ । उता उप–प्रधानमन्त्रीको संयोजकत्वमा यो खरिददेखि लिएर संक्रमणलाई रोक्ने संयन्त्र बनेको छ । उहाँकै पहलमा सम्पूर्ण कानुन, नियम मिचेर यी कामहरु भइराखेका छन् ,’महतले भनेका थिए, ‘यो एकदमै राम्रो काम गर्नुभएको छ । प्रधानमन्त्री पनि बिरामी भएको अवस्थामा उप–प्रधानमन्त्रीको नेतृत्वमा सम्पूर्ण संयन्त्र बनेको छ । उहाँहरुले यसको स्पष्ट रुपमा जनतालाई जवाफ दिनुपर्छ । सम्बन्धित निकायले निष्पक्ष छानविन गरेर कसले बदमासी गरेको छ, दोषीमाथि कडा कारबाही हुनुहुपर्छ ।’

महतकाे खण्डन : नेपाल मार्गबाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja