लक डाउन थप एक साता बढ्न सक्ने



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘लकडाउन’ थप एक साता लम्बिने बताएका छन्। उच्च प्रवन्ध र प्रविधि भएका देशसमेत कोरोना भाइरसको संक्रमणबाट बच्न हम्मेहम्मे परेको बताउँदै मन्त्री ज्ञवालीले एक साता ‘लकडाउन’ बढ्ने बताए।

एक टेलिभिजनको अन्तर्वार्तामा बाेल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कोरोनासँग लड्न यो बाहेक अर्को तरिका छैन। मानसिक रुपमा तयार हुनुपर्छ।’

कोरोना संक्रमणबाट बच्नका लागि सरकारले सुरु गरेको सबैभन्दा प्रभावकारी र अन्तिम अस्त्र लकडाउन भएको उनले बताए। कतिपयले लकडाउनलाई रमिता हेर्ने कार्यमा समेत उपयोग गरेको प्रति उनले चिन्ता व्यक्त गरे। सडकमा निस्कदा जोखिम बढ्ने चेतना नागरिकमा बढाउनु पर्ने अवस्था रहेको उनले बताए।
थोरै कष्टकर भएपनि जनजीवन सहज रुपमै सञ्चालन गराउन सरकारको तयाी रहेको उनले बताए। खुला सीमाका कारण सरकारकाे व्यवस्थित तयारीमा केहि ढिलो भएको ज्ञवालीले बताए। आजका दिनसम्म मेडिकल सामग्री पुग्ने गरी काम भएको उनले दावी गरे।
नेपाललाई तत्कालका लागि प्रयोगशालाको अभाव खड्किएको उनले बताए। नेपाल फर्कँदैमा सुरक्षित हुने नभएकाले बसेकै देशमा सुरक्षित बस्न उनले विदेशमा रहेका नेपालीलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja