बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा



पोखरा

 स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।

आईतबार राति घरेलु मैदानमा भएको खेलमा रियले बार्सिलोनालाई २–० ले हराएको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि रियलले दोस्रो हाफमा दुई गोल गर्‍यो । रियलको जितमा भिनिसियस जुनियर र मारियानो डियाले एक/एक गोल गरे ।

खेलको ७१ औं मिनेटमा भिनसियल जुनियरले प्रहार गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मारियानोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

एल क्लासिकोको जितले रियलका प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियलले एक अंक मात्र जोडेको थियो । पछिल्लो हप्ता च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीसँग घरेलु मैदानमै पराजित भएपछि रियलका प्रशिक्षक जिदान दबाबमा थिए ।

एल क्लासिकोको जितपछि रियल ५६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना ५५ अंकसहित दोस्रो स्थानमा छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja