कोरोनाले नेपाली कामदार प्रभावित भएकोप्रति ट्रेड युनियन काँग्रेसको चिन्ता



पोखरा

नेपाल ट्रेड युनियन काँग्रेसले कोरोना भाइरसले विश्वकै बजारमा असर परेको भन्दै मजदूर वर्गको मजदूरी र जीवनरक्षाको लागि सरकारसंग अपिल गरेको छ । 

कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले विज्ञप्ति जारी अन्य मुलुकहरुले आफ्ना नागरिकका बारेमा चासो राखीरहँदा नेपाल सरकार पनि यो दायित्वबाट पछि हट्न नहुने भन्दै नेपालीहरुलाई समेत आश्वस्त पार्न आग्रह गरेका छन् । 

विज्ञप्तिमा आप्रवासी नेपाली श्रमिक कामदार कर्मचारीहरुले कार्यस्थल असुरक्षित रहेको भनी गम्भीर चिन्ता व्यक्त गर्दै गरेको खवर बाहिर आएको भन्दै यस किसिमका चिन्ताबा विप्रेषणबाट पोषित पालित हुँदै आएको सरकार विमुख हुनु हुँदैन भन्दै तत्काल यतातर्फ ध्यान दिनका लागि माग गरिएको छ । 

विज्ञप्तिमार्फत सम्बन्धित मुलुकमा रहेका सम्पूर्ण श्रमिक कामदारहरुलाई आफू सुरक्षितसंग बस्न, साथीभाइहरुको सम्पर्कमा रहन र सम्बन्धित दूतावास वा निकायसंग सम्पर्कमा रहन समेत आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja