सुनको मूल्यमा वृद्धि



पोखरा

हेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज सुन प्रतितोलामा रु ७०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो । स्थानीय बजारमा छापावाला सुन आज प्रतितोला रु ७८ हजार ८०० मूल्यमा खरिद बिक्री भए । यो मूल्य हालसम्मकै उच्च हो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु ७८ हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७८ हजार ५०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७७ हजार ८०० मा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु ९२० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु ९१५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja