‘प्रेम पूजा’ को फस्ट लूक



पोखरा

शिवरात्रिको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । सामाजिक कथामा बनेको सस्पेन्स जानराको फिल्ममा अमरदिप सापकोटाको निर्देशन छ ।

सापकोटाले यसअघि ‘कारखाना’ नामक फिल्म बनाएका थिए । जुन व्यावसायिक रुपमा असफल भएको थियो ।

‘प्रेम पूजा’ को छायांकन वैशाखबाट थालिनेछ । फिल्मलाई काठमाडौं, चितवन तथा भारतको वनारसमा छायांकन गरिने निर्माण टिमले जनाएको छ । फिल्मलाई अभिमन्यु निरवीले लेखिरहेका छन् ।

नयाँ तथा पुराना पुस्ताका कलाकारको अभिनय रहने केही कलाकार अडिसनमार्फत लिइने जनाइएको छ ।

निर्माण टिमका अनुसार यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर रिलिज गरिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja