सरकारले विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न सकेन: महर



पोखरा

सरकारले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न ढिलाइ गरेको नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले बताएका छन्।

संस्कृत, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल, पोखरा र कृषि तथा वनविज्ञान विश्वविद्यालयसहित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्न सरकारले आलटाल गरिरहेको महरले बताए।

राजधानीमा सोमबार आयोजित ‘शिक्षा क्षेत्रका चुनौती र समाधानका उपाय’ कार्यक्रममा महरले शैक्षिक क्षेत्रलाई राजनीतिकरण गर्दै भागबन्डाका आधारमा उपकुलपतिहरू नियुक्त हुने गरेको पनि बताए।

‘सरकारले उपकुलपति नियुक्त गर्न पनि सकेको छैन,’ उनले भने, ‘उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन पनि शैक्षिक माफियाको दवावमा परेर एक वर्षदेखि त्यसै राखिएको छ।’ सरकारले आफ्ना मान्छेलाई ‘पोस्ने’ नियत राखेकोले उपकुलपति नियक्तिमा ढिलाइ भइरहेको उनले बताए।

Setopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja