अमरसिंह माविमा नेवि संघको संगठन बिस्तार



पोखरा

शान्ती नायक स्व। गिरिजाबाबुलाई अपमान गर्ने होइन, समस्या समाधान गरि स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकार चाहिएको छ ः केसी

पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको संगठन बिस्तार गरिएको छ ।

दिवस शर्माको अध्यक्षतामा अमरसिंह उच्च मावि नेपाल विद्यार्थी संघ इकाई समिति गठन भएको हो । समितिको उपसभापतिमा दिपिका भण्डारी, सुजन बास्तोकाटी, सचिवमा अभिषेक लामिछाने, कोषध्यक्षमा कृपा पराजुली सहितको ५१ सदस्यीय समिति बिस्तार भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेवि संघका पूर्व केन्द्रिय सदस्य एवम माँदी गाउँपालिकाका सार्वजनिक लेखा समितिका सभापति सरोज केसीले स्वाथानीका पाना च्यात्ने, शान्ती नायक स्वर्गिय गिरिजाबाबुलाई अपमान गर्ने, समृद्धिको सपना बाड्ने, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, महंगी, बेरोजगारमा लिप्त सरकार होइन, स—साना समस्यामा पनि समाधान नगरि विदेश जान प्रेरित गर्ने नभई उच्च शिक्षा हाँसिल गरि दक्ष भएका जनशक्तिलाई देशमै रोजगार एवम सम्मान गर्ने सरकार चाहिएको बताए ।

नेपाल विद्यार्थी संघका नेता विनय पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेवि संघका विद्यार्थी नेता सर्वेन्द्र न्यौपाने, नेवि संघ पोखरा इन्जिनियरिङ कलेजका पूर्व उप—सभापति निरज लामिछाने, सचिन पोखरेल, नेवि संघ ३३ का सभापति पवन अधिकारी लगायले मन्तव्य राख्दै विद्यार्थी हक हित एवम नयाँ समितिले परिवर्तनको नेतृत्व गर्न आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja