अर्को वर्षको दशैंमा रिलिज हुने भयो ‘ए मेरो हजुर ४’



पोखरा

फ्लोरमा नजाँदै चलचित्र ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

यसअघि पनि अन्य केही प्रतीक्षित फिल्मले दशैं पारेर सोही मितिमा फिल्म निर्माण गर्ने घोषणा गरेका थिए ।

निर्माता दीपकराज गिरी र निर्देशक प्रदीप भट्टराईले आफ्ना फिल्म यही मितिमा रिलिज गर्ने बताएका थिए । अब भने ३ वटा प्रतीक्षित फिल्म नै एकैसाथ रिलिज मिति तोक्दा निर्मातामा दशैंको डेट लिनलाई तँछाडमछाड भएको छ ।

फिल्ममा अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहनेछ । ‘ए मेरो हजुर २’ मा पनि साथै काम गरेका अनमोल र सुहानाको जोडी दर्शकले पुनः पर्दामा देख्न पाउनेछन् ।

बुधवार मात्र निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ साउन या भदौमा रिलिज हुने संकेत गरेकी थिइन् । यद्यपि निर्माण टिमले अब भने दशैंको डेटमा फिल्म रिलिज गर्ने जनाएको हो ।

झरना थापाको नै निर्देशन रहने यो फिल्ममा मनोरञ्जन सँगै प्रेम कथा रहने निर्माण टिमले जनाएको छ ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja