वामदेव गौतम र मुख्यमन्त्री पोखरेलले यसरी मनाए भ्यालेन्टाइन डे



पोखरा

आज फेव्रूअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिवसका अवसरमा विशेषगरी आपसमा प्रेम साटासाट गरेर मनाउने गरिन्छ ।

केही वर्ष पहिलेसम्म नेपालमा नयाँ र तन्नेरी पुस्ताले मात्रै मनाउने यो दिवस पछिल्लो समय सबै उमेर समुहका मानिसहरुले मनाउन थालेका छन् ।

युवा, विद्यार्थी, चलचित्रकर्मी हुदै अहिले राजनीतिककर्मीले समेत यो दिवसलाई महत्त्व दिन थालेका छन् ।

भ्यालेन्टाइन डे का दिन आज शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफ्नी धर्मपत्नीलाई गुलाफ दिएर भ्यालेन्टाइन डे मनाएका छन् ।

गौतमले श्रीमति तुलसी थापा गौतमलाई गुलाफ दिएको तस्वीर उनका छोरा हरिस गौतमले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

त्यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि भ्यालेन्टाइन डे मनाएका छन् । मुख्यमन्त्री पोखरलेलले पनि सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रेम जीवनको अभिन्न अंग भएको बताएका छन् । ‘प्रेम जीवनको अभिन्न अंग हो । दिवसमा कसरी सिमित बन्न सक्ला र ! तरपनि शुभकामना’ पत्नी सुजाता शाक्य र आफ्नो तस्वीर राखेर पोखरेलले शुभकामना दिएका छन् ।

पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्त्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ ।

नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको केहीको भनाइ रहने गरेको छ ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja