कोरोना भाइरसबाट हालसम्मकै उच्च संख्यामा एकै दिन २४२ को मृत्यु, मर्ने सबै हुवेई प्रान्तका



पोखरा

चीनका स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस प्रकोप (कोभिड–१९)बाट बुधबार एकै दिन २४२ को मृत्यु भयो । मर्ने सबै प्रकोपको उद्गमस्थल हुवेई प्रान्तका छन् ।

योसँगै प्रकोपबाट मर्नेको संख्या १३६२ पुगेको छ । प्रान्तका स्वास्थ्य आयोगका अनुसार बुधबार मृतकको संख्यामा मात्र होइन नयाँ विरामीको संख्यामा पनि उलेख्य वृद्धि देखियो । 
आयोगका अनुसार बुधबार मध्य–रातअघिको २४ घण्टामा १४,८४० नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

प्रकोपको उद्गमस्थल हुवेई प्रान्तको स्वास्थ्य आयोगले जारी गरेको एक वक्तव्य अनुसार नयाँ चिकित्सकीय विधिबाट समेत विरामी पहिचान गर्न थालिएको छ । 

अघिल्लो हप्ता सरकारी संचारमाध्यमले हुवेईले प्रकोपको पुष्टि गर्नको लागि सीटी स्क्यान प्रयोग गर्न थाल्ने बताएको थियो । यसबाट अस्पतालमा संक्रमितलाई अलग्याउन सहज हुने तिनले बताएका थिए । 

कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या चीनमा ५९,६५१ पुगेकोमा त्यसमध्ये ४८,२०६ जना हुवेई प्रान्तका मात्र छन् । 

त्यस्तै चीनबाहिर हालसम्म ४४५ जना संक्रमित भएका छन् । चिनियाँ अधिकारीका अनुसार हुवेई प्रान्तबाहिर भने विगत आठ दिनदेखि नयाँ संक्रमित देखिन क्रम घटिरहेको छ । 
त्यस्तै उपचारमा रहेकामध्ये ५ हजार ६ सय ४६ निको भएर घर फर्किएका छन् ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja