पोखरामा चलचित्र ‘क्रेजि रिच एशियन्स’ माथि छलफल हुने



पोखरा

पोखरामा माघ ४ गते शनिबार हलिउड चलचित्र ‘क्रेजि रिच एशियन्स’ माथी छलफल हुने भएको छ । हरेक महिनाको पहिलो शनिबार एउटा चलचित्र प्रर्दशन गरी सो चलचित्र माथी समिक्षा गर्ने कार्य अन्तर्गतको दोस्रो श्रृखलामा हलिउड चलचित्र माथी छलफल गर्न लागिएको हो । छलफल कार्यक्रमको सहजिकरण नेपाल चलचित्र समिक्षा समाजका सचिव विष्णु शर्माले गर्ने गुरुङ फिल्म एशोशिएसन नेपालका अध्यक्ष भोज बहादुर गुरुङले बताए ।

चलचित्र प्रर्दशन तथा समिक्षा कार्यक्रम शनिबार विहान ८ बजे पोखरा थिएटरको  गन्धर्व नाटकघरमा हुनेछ । पोखरा थिएटर, चलचित्र पत्रकार संघ कास्की, पोखरा फिल्म सोसाइटि र गुरुङ फिल्म एशोशिएसन नेपाल चारवटा संस्था मिलेर यो कार्यक्रमको आयोजना गरेका हुन् ।  ‘क्रेजि रिच एशियन्स’ चलचित्रमा कन्स्टेन्स वु र हेनरी गोल्डिङको मुख्य भूमिका रहेको छ । एशियाली कलाकारहरुको वचश्र्व रहेको यो २५ वर्षयताकै पहिलो हलिउड चलचित्र हो । चलचित्र केभिन क्वानको बेस्टसेलर उपन्यास क्रेजी रिच एशियन्समा आधारित छ ।

चलचित्रको कथा सिङ्गापुरको अति धनाढ्य परिवारका एक युवकसँगको प्रेमपछि एशियन अमेरिकी मुलककी एक युवतिले भोग्नु परेको सांस्कृतिक झमेला वरिपरि घुमेको छ । जोन एम चु निर्देशित रोमान्टिक कमेडी यो चलचित्रलाई विश्वभरका दर्शकले रुचाएका थिए । द वार्नर ब्रदरसले निर्माण गरेको चलचित्रको निमार्ण लागत ३० मिलियन अमेरिकी डलर हो ।यसअघि गत महिनाको पहिलो शनिबार पहिलो कार्यक्रममा चाइनिज चलचित्र ‘द रोड होम’ प्रर्दशन गरी अनुप बरालको सहजीकरणमा सो चलचित्रका विविध पक्षको बारेमा समिक्षा गरिएको थियो ।

चलचित्र समिक्षा कार्यक्रम मार्फत स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय मात्र नभएर विभिन्न जातजाती भाषाभाषीमा निर्माण गरिएका चलचित्र प्रर्दशन गरी समिक्षा गर्ने आयोजकको तयारी छ । सम्भव भएसम्म सम्बन्धित चलचित्रमा आवद्ध व्यक्तिलाई बोलाएर अन्तरक्रिया  गरिनेछ । प्रवेश निःशुल्क हुने यो कार्यक्रममा पुगेर चलचित्र हेर्न र समिक्षा भाग लिन सबैमा आयोजकले आग्रह गरेका छन् । यसरी आयोजना हुने समिक्षा कार्यक्रमले पोखरामा चलचित्र प्रतिको क्रेज बढाउने मात्र नभई राम्रा चलचित्र निर्माण गर्न चलचित्रकर्मीलाई हौसाउने अपेक्षा आयोजकको छ । समिक्षाले दर्शकमा पनि चलचित्र हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने उनीहरुको विश्वास छ ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja