काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी, सेवा अवरुद्ध



पोखरा

राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो ।

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान छ ।

राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ । गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । त्यसपछि पनि एनसेल लक्षित आक्रमण हुँदै आएको छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja