तामझामका साथ पोखरामा सडक महोत्सव शुरु



पोखरा

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटकीय हवको रुपमा विकास हुदै गएको पोखरामा अब रात्रि कालिन सेवा समेत दिनुपर्ने बताएका छन्। २१ औं पोखरा सडक महोत्सवको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री भट्टराईले पोखरा हवाई उडान र पर्यटकीय हब (केन्द्र) को रुपमा विकसित हुदै भएकोले अब रातिको समयमा पनि पर्यटकहरुलाई सेवा दिनु पर्ने बताएका हुन् ।

उनले भने “ पोखरामा अन्तराष्ट्रिय हवाई उडान भएसंगै यहाँ राति आउने पाहुनाको स्वागतार्थ पोखराले स्वागत सत्कार गर्न सक्नु पर्छ, पोखरा सम्पूर्ण ढंगले केन्द्र भएकोले दिउँसो मात्र पर्यटकलाई सेवा दिएर हुदैन, बेलुका ५, ६ बजे देखि रात भरी नै पोखराले पर्यटकलाई सेवा दिन सक्नुपर्छ । ” यसको लागि स्थानिय, प्रदेश र निजी क्षेत्र तथा आवश्यक परेको खण्डमा संघिय सरकारले समेत सहयोग गर्ने उनले जनाए ।

अब छिट्टै भद्रपुर पोखरा, विराटनगरबाट पोखरा, जनकपुरबाट पोखरा, नेपालगन्ज पोखरासंग हवाई रुट जोडिने मन्त्री भट्टराईले बताए । धनगढीबाट अनि सुर्खेतबाट पनि नेपालगन्जमा सिधा उढान गर्ने ब्याबस्था मिलाउन लागेको उनले जनाए । देश संघियतामा गएसंगै हरेक प्रदेश अब आर्थिक रुपमा सक्षम र सवल बन्न आग्रह गर्दै मन्त्री भट्टराईले हिजोको जस्तो केन्द्रिकृत सोजाईले देशको विकास नहुने उनको भनाई थियो ।

यो क्षेत्रका पर्यटकीय सम्भावना भएका क्षेत्रलाई अगाडी बढाउने शिसशिलामा सरकारको तर्फबाट सहयोग हुने बताउदै मन्त्री भट्टराईले प्रदेश, स्थानिय र स्थानिय जनतालाई नयाँ पर्यटकीय गन्तव्य खोज्न आग्रह गरे । हिजोको पर्यटकीय गन्तव्यले पोखराको बसाई अवधि छोटो भए पनि अब बसाई अबधि लम्बाउन पनि पर्यटकीय गन्तव्यको खोजि गर्न उनले आग्रह गरे । सन् २०२१ बाट विदेशी पर्यटकहरु सिधै पोखरामा आउने हुदा पोखरामा पर्यटनका अन्य भौतिक पूर्वाधारमा धेरै र ठुलो लगानी गर्नुपर्ने मन्त्री भट्टराईले खाँचो औलाए । पोखरेलीको माग बमोजिम रत्नमन्दिर र हिमागृह पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेपाल ट्रस्ट समक्ष खुल्ला गर्न परिपत्र समेत गरि सकेको उल्लेख गरे ।

गण्डकी प्रदेश सांसद राजिव पहारीले रत्नमन्दिर र हिमागृह जति सक्दो छिटो पर्यटकीय गन्तव्यको रुपमा खुल्ला गरिनुपर्ने बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा सडक महोत्सव पोखराको एउटा ब्राण्ड नै बनेको बताउदै पोखरामा आन्तरिक पर्यटक सहित बार्षिक रुपमा १० लाख भन्दा बढी पर्यटक आउने गरेको दाबी गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलले रत्नमन्दिर र हिमागृह पार्कको रुपमा खुल्ला गरिनुपर्ने माग गरे । फेवाताल सहितका सार्वजनिक सम्पति माथि जो कसैले हस्तक्षेप गर्न नहुने बताउदै मन्त्री भट्टराईले सरकारको सम्पति संरक्षणमा सवै जुट्न आग्रह गरे ।

अगेंजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा शनिबार देखि उक्त महोत्सव सुरु भएको हो । गण्डकी प्रदेशका अधिकांश जिल्लाको जनजातिको भेषभुष सहितको झाकी एवं सांस्कृतिक कार्यक्रम एवं पोखरामा शनिबार बृहत ¥याली प्रर्दशन गरिएको सांस्कृतिक संयोजक चौबहादुर गुरुङले बताए । पुस १६ गतेसम्म पोखराको लेकसाइड स्थित करिब ३ किलोमिटर सडक क्षेत्रमा चल्ने उक्त महोत्सवमा विभिन्न जनजातिका खाना, नेपाली कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, वेलुका नेपालकै चर्चीत व्याण्डहरुको प्रस्तुती रहने व्याबस्था मिलाएको उनले बताए ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको भ्रमण वर्ष २०२० लाई समेत उक्त महोत्सवले थप सहयोग पुग्ने महोत्सवका प्रचार संयोजक बिश्वराज पौडेलेले बताए । महोत्सवका मुख्य आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति हुने भएको छ । ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति हास्य प्रर्दशन, रत्यौलि गित प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको छ ।

महोत्सव स्थलसम्म जान तथा आउनको रागि यस बर्ष पनि रात्रि कालिन माइक्रो तथा ट्याक्सि सेवा उपलब्ध हुने भएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja