पोखरा महानगरपालिका फिर्के पुल बारे अन्र्तक्रिया कार्यक्रम



पोखरा

पोखरा महानगरपालिका वडा नं. ४ सिद्धार्थ चोक र ५ को प्रस्याङ जोड्ने फिर्के पुलको संरचना डिजाइन बारे वडा नं ४ र ५कार सरोकार पक्ष र वडा कार्यसमिती विच अन्र्तक्रिया भएको छ ।

फिर्के पुल निर्माण संरचना डिजाइन हेर्दा स्थानिय सरोकार पक्षलाई हदै सम्म असर पर्ने देखिन्छ भनि अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा सभापतिको भुमिकामा रहेका वडा नं. ४का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाले सरोकारवाला पक्ष भनाइ, पुलको संरचनाको डिजाइन परिवर्तन र बैकल्पीक बाटो निमार्ण विषयलाई प्राविधिक राय अनुरुप पोखरा महानगरपालिका संग समन्वयकारी भुमीका निर्वाह गरी सरोकारवाला पक्षलाई सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

वडा नं. ५का वडा अध्यक्ष धन बहादुर नेपालीले बैकल्पीक बाटो बारे छिटै नै छलफल गरेर अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा उपस्थित स्थानीय सरोकार वालाले विषेश गरी निर्माण भईरहेको पुलले सरोकारवाला व्यवसायी, मोही, घर लाई असर नपर्ने गरी पुल निमार्ण गर्न सल्लाह दिएका थिए । पुल नजिक भएका दुइवटा बाटा समान हुनु पर्ने, वाइ आकार मा वाइ आकारका भइरहेको बाटोलाई असर नपर्ने गरी पुल बनाइनु पर्ने, लगाएतका सल्लाह पेश गरेका थिए । पुल निर्माण कार्य गर्दा दिपक मुल्मी लगाएतको घर चर्केको कुरा पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा वडा नं.४ वडा सदस्य सुर्वण के.सि, वडा सदस्य विष्णुमाया परियार,वडा नं. ५ वडा सदस्य अञ्जु के.सी , प्राविधिक तर्फ इन्जीनियर राजु रेग्मी,सव इन्जीनियर खेम तिम्ल्सीना, प्रकाश वाग्ले लगायत वडा नं. ४ सचिव केशवराज कोइराला को उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja