सबै वर्ग र क्षेत्रको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड



पोखरा

नेकपाका अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताएका छन् ।

किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिःको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर रहेको दाबी गरेका छन् ।

‘नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन्’, प्रचण्डले सन्देशमा भनेका छन्, ‘सबै जाति, क्षेत्र, लिंग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’

विभिन्न समुदायका सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।

मार्ग शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले उधौली तथा ज्यापू समुदायले योमरी पुन्हिः मनाउँदैछन् । यस अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

Onlinekhabarबाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja