सिमीकोटमा आँखा शिविर, ५०२ को उपचार



पोखरा

नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ तथा आँखा उपचार केन्द्र हुम्ला शाखा र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आर्थिक र प्राविधिक सहयोगमा हुम्लामा आँखा शिविर सञ्चालन गरिएको छ ।

हिमालय आँखा अस्पतालका डा.हरिविक्रम अधिकारीले मुगुको बिरामीको चाप बढेकाले हुम्लामा शिविर सञ्चालन गरिएको बताउनुभयो । शिविरमा मोतिबिन्दुको शल्यक्रिया ३१, साधारण शल्यक्रिया ५ गरी ५०२ जाना आँखा रोगीको उपचार भएको छ । नाम्खा गाउँपालिका–४ की ७१ वर्षीया दावा लामाले शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिनुभयो ।

उक्त शिविरमा नेत्र ज्योति सङ्घका जिल्ला शाखाका सभापति नरबहादुर रोकायाले यस पटक १३१ जनालाई चस्मा वितरण गरिएको र गत वर्षभन्दा यसपटक चिसोका कारण बिरामी सङ्ख्या कमभए पनि सातवटै गाउँपालिकाबाट बिरामीहरु सिमीकोटमा आएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja