सिड्नीमा ‘नेपथ्य’को कन्सर्ट हुँदै



पोखरा

नेपाली संगीतिक व्याण्ड ‘नेपथ्य’ विश्वमाझ परिचित छ । नेपाली दर्शक तथ स्रोतामा नेपथ्यको रुचाइएको ब्याण्ड हो । फरक शैलीका गीतहरु तयार गरेर नेपथ्यले आफ्नो छुट्टै स्थान बनाएका छन् । नेपथ्यको देशदेखि विदेशसम्म धेरै संख्यामा कन्सर्ट गरिसकेका छन् ।

यस्तैमा, ‘नेपाल टच’को आयोजनामा नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएका छन् । ’नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कार्यक्रमको मुख्य प्रयोजक एक्सपर्ट एजुकेशन हो ।

डिसेम्बर १४ तरिख अर्थात् मंसिर २८ गते हुने यस कन्सर्टको लागि विग टप लुना पार्क रोजिएको छ । उक्त हलमा ३ हजार दर्शक अट्नेछन् । कन्सर्टमा ३ हजार नै दर्शक आउने अपेक्षा गरिएको छ ।

नेपाली टचले नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ । यस कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताएको छ ।

अष्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja