पिएसजीसँग बराबरीमा रोकियो रियल मड्रिड



पोखरा

च्याम्पियन्स लिग फुटबल अन्तरगत मंगलबार राती भएको समूह ‘ए’को खेलमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल मड्रिडसँग २-२ को बराबरी गरेका छ।

२-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै पिएसजीले बराबरी गरेको हो।

दुबै टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।

यस खेलमा रियल मड्रिडले खेलको १७ औं मिनेटमा करिम बेन्जिमाको गोलमा अग्रता लिएको थियो। यस्तै दोश्रो गोल पनि बेन्जिमाले नै गरे। उनले खेलको ७९ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेको थियो।

यसरी २-० गोल अन्तरले पछाडि परेको अवस्थामा पिएसजीका लागि एमबाप्पेले खेलको ८१ औं मिनेटमा पहिलो गोल फर्काउँदै गोल अन्तरलाई २-१ मा पुर्‍याए।

त्यसको दुई मिनेटपछि खेलको ८३ औं मिनेटमा टोलीका लागि साराबियाले गोल गरे र नतिजा २-२ को बराबरीमा पुग्‍यो।

सेतोपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja