जर्मनी पुग्यो युरोकपमा, बेलारूस ४-० ले पराजित



पोखरा

शनिबार राती बेलारूसलाई ४-० ले पराजित गरेसँगै जर्मनी युरोपकप-२०२० का लागि छनौट भएको छ।

समूह ‘सि’ अन्तरगत भएको खेलमा जर्मनीका टोनी क्रसले दुई तथा मथायस जिन्टर र लियोन गोहेज्काले एक-एक गोल गरे।

जर्मनीले खेलको ४१ औं मिनेटमा जिन्टरको गोलमा अग्रता लिएको थियो। यसैगरी टोलीका लागि दोश्रो गोल गोहेज्काले खेलको ४९ औं मिनेटमा गरे।

त्यसपछि क्रसले खेलको ५५ र ८३ औँ मिनेटमा गोल गरेका थिए।

जितपछि सात खेलबाट १८ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा रहँदै युरोकपमा छनौट भएको हो।

सेतोपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja