सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान



पोखरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कात्तिक १ गतेबाट प्रसूति सेवा लिन आउने महिलाका लागि सुत्केरी भत्ता दिने रजिस्ट्रार प्याकुरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता रु दुई करोड बजेट निकासा भएको र कात्तिक १ गतेबाट सरकारले दिँदै आएको रु एक हजार ८०० सुत्केरी भत्ता दिन लागेको हो । साथै प्रतिष्ठानले बहिरङ्ग सेवा र आकस्मिक सेवा शुल्कमा समेत हेरफेर गरेको छ ।

यसअघि बहिरङ्ग सेवा शुल्क रु २५ र आकस्मिक सेवा शुल्क रु ३० लिँदै आएकामा कात्तिक १ गतेदेखि लागू हुने गरी क्रमशः रु ६० र ८० कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja