रुसी प्रधानमन्त्री क्युबा जाँदै



पोखरा

रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेभ आगामी बिहीबार क्युबा भ्रमणमा जान लाग्नुभएको छ ।

रुसको विदेश मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारी अनुसार उहाँ आगामी बिहीबार र शुक्रबार औपचारिक भ्रमणका रुपमा क्युबा जान लाग्नुभएको समाचारमा जनाइएको छ ।

उक्त भेटका क्रममा द्विपक्षीय हितका विविध विषयका साथै व्यापार, अर्थ, ऊर्जा र सांस्कृतिक आदानप्रदान लगायतका क्षेत्रमा आपसी छलफल र सहयोग आदानप्रदान र लगानीबारे सम्झौता हुने बताइएको छ ।

प्रधानमन्त्री मेदवेदेभले सन् २०१३ मा क्युबाको भ्रमण गर्नुभएको थियो । त्यस क्रममा रुस र क्युबाबीच कैयौँ विषयमा आपसी साझेदारीका साथै सहयोग सम्झौता भएको थियो ।

यी दुई देशबीचको द्विपक्षीय व्यापार यस वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ५० करोड अमेरिकी डलर बराबर पुग्नसक्ने अनुमान गरिएको बताइएको छ ।

यी दुई देशले यही सेप्टेम्बर महिनाको मध्यतिर पनि मस्कोमा व्यापार र ऊर्जाका क्षेत्रमा द्विपक्षीय समझ्दारीपत्रमा हस्ताक्षर गरेका थिए ।

रुसी विदेश मन्त्रालयले मङ्गलबार प्रधानमन्त्री मेदवेदेभको क्युबा भ्रमणको तालिका सार्वजनिक गरेको छ । उहाँको भ्रमणमा रुसका अन्य वरिष्ठ अधिकारीहरुको पनि सहभागिता रहने सो समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja