दुर्घटनामा दुईको मृत्यु



पोखरा

पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो । यस्तै कालिका नगरपालिका–७ गैँडाखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको युपी२१सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना१२प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण मोटरसाइकल चालक घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका–१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम छ ।

यस्तै कालिका नगरपालिका–७ गैँडाखोलास्थित भित्री सडकखण्डमा जुटपानीबाट क्लबचोकतर्फ आउँदै गरेको ना३त १३३५ नंको ट्र्याक्टरले विपरीत दिशातर्फ गइरहेको ना४१प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ष्ठको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने ३० वर्षीय मुकेश पौडेल घाइते भएका छन् ।

घाइते पौडेलको अवस्था खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रातोपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja