शहीदका सपना पूरा गरिने



पोखरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटो पार्टीले अवलम्बन गरेकाले तिनका सपना पूरा गरिने बताउनुभयो ।

जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोखरेलको २०औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा सङ्घ कास्की शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रम शुभारम्भ गर्दै उहाँले पार्टी एकीकरणका बाँकी काम छिट्टै सम्पन्न गरेर सरकार र पार्टीका कामलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियोे ।

वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै उहाँले नेकपाको नेतृत्वमा रहेका तीनै तहका सरकारले यो नारा साकार बनाउने गरी कार्य गरिरहेको बताउनुभयो ।

पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले पार्टीले निर्वाचनका बेला सार्वजनिक गरेको घोषणापत्र र जनतामा गरेको प्रतिबद्धता पाँच वर्षभित्रै पूरा गरिने उल्लेख गर्नुभयो ।

युवा सङ्घका नेताहरु विष्णु पुन, भोजराज पौडेललगायतले युवा सङ्घलाई समग्र युवाको नेतृत्व गर्ने गरी अघि बढाइने बताउनुभयो । कार्यक्रममा १५१ पिन्ट रगत सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja