कुटपिटमा संलग्न १६ जना पक्राउ



पोखरा

कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

आपसी झडपमा घाइते भएका कुश्मा–५ का आस्विन क्षेत्री र कुश्मा–६ का आदित भण्डारीको जिल्ला अस्पतालमा उपचार गरिएको छ । कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja