बेनीमा पखालाको सङ्क्रमण फैलियो



पोखरा

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ ।

वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखालाको सङ्क्रमण फैलिएकोे बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले जानकारी दिनुभयो ।

ल्याब परीक्षण गर्दा बिरामीमा रगतमासीसँग सम्बन्धित हिस्टोलिटीका जीवाणु भेटिएको डाक्टर बास्ताकोटीले बताउनुभयो । फोहर पानी र खानेकुराका कारण पखालाको सङ्क्रमण हुने उहाँको भनाइ छ । अस्पतालमा आउने पखाला सङ्क्रमित बिरामीहरुमा हिस्टोलिटीका जीवाणु भेटिएको र एक सङ्क्रमित बिरामीको मिर्गाैलामा समेत समस्या देखिएकाले भर्ना गरी उपचार थालिएको बताउनुभयो । दैनिक १५ देखि २० जना बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिका–७ र ८ मा बढी यो पखालाको सङ्क्रमणको बिरामी अस्पताल आउने गरेका छन् । पखाला सङ्क्रमण हुँदा बिरामीलाई वाकवाकी लाग्ने, बिरामीको दिसामा रगतमासी देखिने र बिरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डाक्टर बास्ताकोटीले बताउनुभयो ।

पखाला नियन्त्रणका लागि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्ने डाक्टर बास्ताकोटीले बताउनुभयो । वर्षायाममा बढी यो रोग फैलिने भएकाले मुहानका पानी सफा राख्ने, घर वरिपरि सफा गर्ने र खानेपानी उमालेर पिउन मात्र सकेमा पखला सङ्क्रमणबाट बच्न सकिने उहाँले सुझाव दिनुभयो । दैनिक २०–२५ जना बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja