काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत



पोखरा

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र काङ्ग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेकोसमेत स्पष्ट पारेको छ ।

उक्त कार्यसमितिबाहेक काङ्ग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकाले तनहुँमा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लङ्घन र दण्डनीय कार्य हुने बैठकले निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी भदौ ११ गते दिउँसो २ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja