पोखरा महानगरपालिका–२६ पहिलो भड्किलो तीजरहित वडा घोषित



पोखरा

नेपाली महिलाको महान पर्व तीज नजिकिँदै गर्दा पोखरा महानगरपालिका–२६ पहिलो भड्किलो तीजरहित वडा घोषणा गरिएको छ ।

३५ भन्दा बढी आमा समूह तथा महिला सञ्जालको सामूहिक प्रयास र प्रतिबद्धताअनुसार सो वडालाई भड्किलो तीजरहित वडा बनाउन सफल भएको वडाध्यक्ष नारायण बरालले जानकारी दिनुभयो ।

बरालले मौलिक पर्वको महिमा हराउँदै गएको र पर्व विकृतिउन्मुख भएकाले तीजको नाममा हुने विकृतिलाई निरुत्साहित गर्न यो कदम चालिएको बताउनुभयो । मौलिक तीजका पक्षमा ५०० भन्दा बढी महिलाले सडकमा निस्केर सामूहिक प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । महिला सञ्जालका अध्यक्ष मुरली थापाका अनुसार महिला स्वतन्त्रताको पर्व तीजका आफ्नै मौलिक सांस्कृतिक पहिचान भएकाले यसको धार्मिक र सांस्कृतिक पक्ष जोगाउनु आफूहरुको पनि दायित्व भएको बताउनुभयो ।

तीज मात्र नभई दशँै तिहार लगायतका अन्य चाँडलाई पनि मौलिक परम्पराअनुसार मनाउने परिपाटीको थालनी गर्नुपर्ने थापा बताउनुहुन्छ । चाँडवाड, विवाह तथा उत्सव पनि भड्किलो तरिकाले मनाउने प्रचलनलाई हटाउन सामूहिक छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja