सुरक्षा कारबाहीमा अमेरिकी सेना मारिएको पेन्टागनको पुष्टि



पोखरा

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ ।

इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको समाचारमा जनाइएको छ । शनिबार कारबाहीका क्रममा ती सैनिकको मृत्यु भएको पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई विद्रोहीले हत्या गरेको अनुमान गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा उक्त प्रान्तको कुन स्थानमा ती सैनिक मारिएका हुन् भन्ने बारेमा केही बताइएको छैन । त्यस दिन इराकी सुरक्षा फौजले सो स्थानमा विद्रोहीका विरुद्ध सुरक्षा कारबाही गरेको बताइएको थियो । त्यस क्रममा शत्रु पक्षबाट भएको आक्रमणमा आफ्ना नौसेनाको ज्यान गएको अमेरिकाले जनाएको छ । यस विषयमा त्यस विद्रोही समूहका तर्फबाट भने कुनै भनाई आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja