‘अब अधिकारका लागि हतियार उठाउनु पर्दैन’ : पूर्वसभामुख नेम्बाङ



पोखरा

संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताउनु भएको छ । स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उहाँले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गर्नुभएको हो ।

“संविधान सबै दल मिलेर ल्यायौँ । त्यसरी नै संविधान संशोधनमार्फत अधिकार लिन पनि सकिन्छ”, पूर्वसभामुख नेम्बाङले भन्नुभयो, “मुख्य दलहरू एक ठाउँमा उभिँदा संविधान निर्माण भयो । त्यसरी नै सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भएको छ ।”उहाँले जनताको सपना पूरा गर्न वर्तमान सरकार कुनै पनि हालतमा पछि नहट्ने जिकिर पनि गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता नेम्बाङले मुलुक संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएकाले सबैको सहकार्यमा संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । मुलुकको व्यवस्था बिग्रन नदिई संविधान कार्यान्वयन गर्नुपर्छ भन्दै उहाँले एकताबद्ध भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुने उल्लेख गर्नुभयो । “मैले यही विद्यालयबाट कक्षा ७ देखि एसएससीसम्म पढे । कतिपय कक्षामा त एउटै शिक्षकले धेरै विषय पनि पढाउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले मैले पढेको विद्यालयभन्दा खुशी लाग्छ । हामी कति विकसित भयाँै । त्यता पनि सोच्नु आवश्यक पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja