भिरपाखाहरु भत्काएर सडक बनाउँदैमा विकास हुन्न : मुख्यमन्त्री पौडेल



पोखरा

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भिरपाखाहरु भत्काएर सडक बनाउँदैमा विकास नहुने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले बुधबार आयोजना गरेको स्थानीय तह समन्वय बैठक एवम् ‘मकवानपुर’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पौडेलले गाउँ–गाउँका डाँडापाखामा डोजर चलाउनुभन्दा उत्पादनसँग जोडिने काम गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले विगतमा भनिएजस्तै सिंहदरबार प्रदेश हुँदै स्थानीय तहसम्म आइपुगे पनि रित्तो आएको बताउनुभयो । उहाँले स्रोत, साधन तथा जनशक्ति बिनाको सिंहदरबार आएको भन्दै प्रदेश लोकसेवा आयोगले १ वर्षभित्र कर्मचारी नियुक्त गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समन्वय समितिलाई प्राप्त अधिकार तथा अख्तियारी किटान नहुँदा समस्या भएको बताउनुभयो । प्रदेश मुख्य सचिव आनन्द ढकालले जिल्ला समन्वय समितिलाई अनुगमन, समन्वय र निकासका लागि मार्गदर्शन गर्ने भूमिका रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja