बारुदी सुरुङ बिस्फोट, ७ बालबालिकाको मृत्यु



पोखरा

सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ ।

डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको जनाएको छ ।

इस्लामिक स्टेट समूह परास्त भएका सिरियाका धेरै भूभागमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र बम भेटिने गरेका छन् । यी बिस्फोटक पदार्थमा परेर सर्वसाधारणको नियमित झैं ज्यान गइरहेका खबर दिनहुँ आउने गरेको पनि टेलिभिजनले उल्लेख गरेको छ । गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अर्का एक बालक घाइते भएका थिए ।

गत मार्च ६ र फेब्रुअरी २४ मा पनि बारुदी सुरुङ बिस्फोटबाट ३३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja