भारतबाट आयातीत तरकारीको विषादी जाँच गर्न माग



पोखरा

नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ ।

भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै आज नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

नेविसङ्घका दीपक भट्टराईले विदेशीलाई खुशी बनाउनका लागि नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने बताउनुभयो । “विषादी तरकारी र फलफूल जाँच नगरी ल्याएर सरकारले जनताको आयु घटाउन खोजेको छ”, उहाँको आरोप थियो ।

कल्पना खड्का, आरसी भट्टराई, सुनिता पोखरेल, मनोज वैद्य, लिलाबल्लभ दाहाल ‘काका’लगायत विद्यार्थी नेताले भारतबाट निर्यात हुने तरकारी तथा फलफूलमा विषादी हालेको पाइए पनि सरकारले बिनाजाँच आयात गर्न दिएर जनस्वास्थ्यमाथि खेलबाड गरेकाले तत्काल उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja