‘भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्व गान्धी परिवारभन्दा बाहिरबाट आउनसक्ने’



पोखरा

भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने एक नेताले बताउनुभएको छ ।

भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा घोषणा गरेकाले गान्धी परिवारभन्दा बाहिरबाट पनि नेतृत्व हुनसक्ने चर्चा भएको हो । काँग्रेसका एक जना प्रभावशाली नेता पी एल पुनियाले गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व हुने सम्भावना रहेको बताउनुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभयो, “देशको उज्ज्वल भविश्यका लागि गान्धी परिवारले त्याग गर्न र लचकता देखाउन सक्छ ।”

काँग्रेसका छत्तिसगढ प्रदेश प्रमुख समेत रहेका पुनियाले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय वर्तमान अध्यक्ष राहुल गान्धीको हातमा रहेको उल्लेख गर्नुभयो । गान्धीले चाहेमा उहाँले नै गर्ने र उहाँले नचाहेमा गान्धी परिवारभन्दा बाहिरका नेताबाट पार्टीले नेतृत्व पाउने पुनियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja