कङ्गोमा इबोलाबाट दश महिनामा एक हजार ५०० जनाको मृत्यु



पोखरा

लोकतान्त्रीक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्युहुनेको संख्या एक हजार ५०० भन्दा बढी पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार इबोलाका कारण झण्डै दश महिनाको अवधिमा एक हजार ५०६ जनाको मृत्यु भएको हो । आइतबारसम्ममा इबोलाबाट दुई हजार २३९ जना विरामी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । इबोला भाइरसले युगाण्डालगायतका छिमेकी देशबाट आएकाहरूलाई पनि प्रभावित पारेको समाचारमा जनाइएको छ । इबोला नियन्त्रण गर्न एक लाख ४१ हजार जनालाई खोप दिइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

विषेश गरेर देशको इतुरी र दक्षिणी किभु प्रान्तमा यसको प्रभाव बढी देखिएको छ । इबोला भाइरसबाट संक्रमित व्यक्तिको रगत तथा पिसावलगायत शरिरबाट हुने अन्य तरल पदार्थको आदानप्रदान यो रोग अर्को व्यक्तिमा सर्ने गरेको चिकित्सकहरुले बताएका छन् । यो रोगबाट कङ्गोमा मृत्यु हुने र प्रभावित हुनेहरुको संख्या अत्यन्त डरलाग्दो रहेको छ ।

यस बाहेक लाईबेरिया, गुइनेया र सेरालोनमा सन् २०१४ देखि २०१६ सम्ममा ११ हजार ३ सय भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja