पोखरा महानगरपालिका वडा नं. ४ द्वारा ३ दिने उद्घोषण तालिम सम्पन्न



पोखरा

पोखरा महानगरपालिका वडा नं. ४ ले वडासदस्य विष्णुमायाको संयोजकत्वमा ३ दिने उद्घोषण तालिम सम्पन्न गरेको छ ।

वडा अध्यक्ष शंकरप्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घोषण तालिमको समापन समारोहमा सहभागिहरुलाई वडाले प्रमाण पत्र वितरण गरी सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बास्तोलाले महानगरवासीले महानगरपालिकालाई आफुले तिरेको पैसा/करको जबसम्म अनुभुति गर्न सक्दैनौँ, तबसम्म हामी महानगरवासी हुँदैनौँ भन्नुभयो । उहाँले सिंहदरबारको अधिकार वडावडामा भनेको नितिअनुसार नगरवासीले आफुले तिरेको करबाट पाउनुपर्ने सुविधा पाउनुपर्छ भन्दै यसको विषयमा सरकारलाई घचघचाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले उद्घोषण तालिमले वडावासीलाई धेरै सहयोग पुगेको जानकारी दिँदै तालिमका प्रशिक्षकहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले तालिम उपयुक्त भएको र यो तालिमले सहभागिहरुको बोल्ने कलामा सुधार आएकोे भन्दै तालिमको समयावधि ३ दिन कम भएकाले आगामी कार्यक्रममा समयावधि बढाउनुपर्नेमा जोड दिए । उद्घोषण तालिममा पत्रकार कमल अथक, पोखराआज अनलाइन पत्रिकाकी संचालक तथा पत्रकार पुनम भट्ट भट्टराई र पत्रकार उत्तम पौडेलले प्रशिक्षण दिएका थिए ।

तालिममा पो.म.न.पा. वडा नं. ४ का वडा सदस्य सुवर्ण के.सी., सरिता पराजुली, पुष्प श्रेष्ठ र सर्वेश्वर मार्ग टोल विकासका अध्यक्ष देवकृष्ण पराजुलीले प्रभावकारी सहयोगी भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja