सडक बत्ती समयमै बालौँ, समयमै निभाऔँ अभियान



पोखरा

सामाजिक अभियन्ता भोला सुवेदिले विद्युत चुहावट रोक्न सडक बत्ती समयमै बालौँ, समयमै निभाऔँ अभियान चलाउनुभएको छ । उहाँलाई हामी सबैले साथ दिऔँ । अभियान सन्दर्भमा उहाँका भनाइहरु यहाँ जस्ताको तस्तै साभार गरिएको छ ।

देशलाई लोडसेडिङमुक्त र चुहावटमुक्त गरौँ, स्वीच फुटेर बलेको सडक बत्ती/स्वीच बिना बलेको बत्ती बनाऔँ । म पनि २०७३–११–११ गते आलुमाइलाचोकदेखी जिरो कि.मि. हुँदै शान्तिनगर चोकसम्म हिँडे । २०७३–११–११ गते पोखरा महानगरपालिकालाई ज्ञापनपत्र बुझाएँ । एकातिर सडकबत्ति दुरुपयोग र अर्कोपट्टि स्रोत नपुगेर विद्युतको स्रोत बचाऔँ भन्ने नाराका साथ अगाडि बढेको छ । यसरी अगाडि बढ्दै जाँदा डिहिडोपाटनलगायत गाउँठाउँमा २४ घण्टा बत्ती बलेको र स्वीच फुटेर बलेको बत्ती मैले विद्युत प्राधिकरण मालेपाटनमा धाएर काट्न लगाएँ । यस्तै गरी मालेपाटनमा बिनास्वीच जोडेको बत्ति काट्न लगाएँ । यी लगायत ठाउँठाउँमा दुरुपयोग नहोस् भन्ने नारा लिएर झरीमा पनि छाता दुरुपयोग विरुद्धको अभियान चलाउँदै जाँदा उर्जा मन्त्रालयको ११५१ जनगुनासो शाखा खोलिएको थियो । यसमा फोन गरेको थिएँ । विद्युत प्राधिकरण केन्द्रिय कार्यालयमा फोन गर्दा एमडि कुलमान घिसिङको नम्बर पाएँ जसबाट मैलै सिधै गुनासो राख्न पाएँ । फोनमा उहाँले धन्यवाद दिनुभयो । यसरी अगाडि बढ्दै जाँदा शान्तिनगरचोक हरियालीमार्ग २९ मा कुकुरले टोकेको छ, गणेशटोलमा करेन्ट लागेको छ । कुनै पनि विवाह, व्रतबन्ध तथा चुनावी सभामा भन्दा सामाजिक उद्देश्यमा समय दिएँ । सडकबत्ति निभाउँदै जाँदा खानेपानी फुटेको जानकारी पनि दिएँ । बाटोमा हिँड्नेलाई पनि सहयोग गर्ने प्रयास गरेँ । बिहान ६ बजेदेखी १० बजेसम्म दिनहुँ दौडीरहेँ । राष्ट्रबैँकचोकमा १५ वटा बत्ती स्वीच फुटेर बलेको मैले विद्युत् प्राधिकरण मालेपाटनमा धेरै प्रयास गरेपछि काटियो ।

देशमा लोडसेडिङ अन्त्य र उज्यालो नेपालको सबै खाका आउँदा पनि अझै म हिँडिरहेको छु । महानगर र विद्युत प्राधिकरणको एकअर्कालाई दोष लगाउने चपेटामा म परेको छु । मलाई घरपरिवारको पनि सहयोग छैन । मैले कहाँ कति ठाउँमा बत्ती निभाए सबै डायरीमा लेख्ने गरेको छु ।

उद्देश्यः विश्वबाट दुरुपयोगलाई निर्मुल पारौँ, उर्जा बचाऔँ र सदुपयोग गरौँ । आफ्नो परिवार र समाजलाई सहि ठाउँमा समय लगाऔँ भन्ने उद्देश्यकासाथ अगाडि बढिरहेको छु । अझै पनि प्राविधिक लोडसेडिङ छ । यसरी बचाएको विद्युत सम्बन्धित व्यक्तिले सहि ठाउँमा लगाएर राम्रो मुनाफा गर्नुहोस् । जनताले आफ्नो घर अगाडि आफै निभाउनुहोस् । यसको साथसाथै नेपाल अधिराज्यभर सबैले सिक्नुहोला । घरपरिवारको गोठालो भन्दा देशको गोठालो हुनु ठिक छ ।

आगामी कार्यक्रमहरुः देशमा लोडसेडिङ अन्त्य भएपनि म दिउँसै बलेको सडकबत्ती निभाउँदै हिँड्छु । मलाई पुरस्कार भन्दा पनि जनताले आफ्ना घरअगाडि बलेका सडकबत्ती निभाउनुहोस् । तार, बल्ब वडाबाट ल्याएर बाल्नुहोस् । मैलै स्वीच मुनि पनि लेखिदिएको छु । शनीबार बढि दुरुपयोग भएको हुन्छ । जबसम्म चुहावट कमसेकम ९५ प्रतिशतसम्म हट्दैन, तबसम्म म लागि पर्ने छु । म चुहावट हटाउने हो, म कसरत गर्न हिँडेको होइन । एउटा स्वीचले दुईवटा बत्ती सकेसम्म नबालौँ । जलस्रोतको दोस्रो धनी देशमा फेरी लोडसेडिङ चुहावट नहोस् । मेरो घर अगाडि निभाएँ, अरुको घर मलाई के मतलव भन्ने भावना नराखौँ । देश, समाजलाई चुहावटको हानीबारे जानकारी दिनको लागी हिँड्दा कुकुरले टोक्छन् । लेकसाइड लगायत ठाउँठाउँमा सोलार बिग्रेका छन्, यसलाई महानगरपालिका तथा सम्बन्धित संस्थाले बनाओस् । पोखरालगायत नवलपुर, पदमपुर, भरतपुरमा जनताले बत्ती बालेर हजारौँ युनिट विद्युत खेर गइरहँदा निकायपक्ष गुपचुप रहेको छ । यसरी देशलाई सहयोग गरौँ । घरपरिवार बिग्रन्छ, घरपरिवार हेर्दा देश बिग्रन्छ । आफ्नो खुशी रहरलाई थाँती राखेको छु । खानपिउनको अव्यवस्थितले गर्दा स्वास्थ्यमा समस्या पनि आउँछ । सबै साथी भाइको अपार सहयोगले गर्दा अभियान सफल हुँदैछ । साथीहरुले जस नपाएकोमा गुनासो गर्नुहुन्छ । बिनास्वीच राखेको ठाउँमा वा स्वीच फुटेर बलेको ठाउँमा जिम्मा लिएको निकाय वा विद्युत प्राधिकरणले काटिदिओस् । धेरै घचघचाएर काट्नुभन्दा कर्मचारी नै चुहावट होस् भन्नेतर्फ लाग्छन् । सभ्य देशमा महानगरले हेर्छ तर विद्युत प्राधिकरणले यो काम हाम्रो होइन भन्नु गलत हो ।


देशमा नेताले गरेका अनैतिक काम, भ्रष्टाचार र ठगले गर्दा सडकबत्ती दुरुपयोग नगरौँ भन्दा पनि जनताले नेताले गरेको भ्रष्टाचारको फाइल देखाउँछन् । उदाहरणको लागि पशुपतिमा भट्टले गरेको भ्रष्टाचार एउटै हो भनेर भक्तजनले म मन्दिर जान्न भन्नु एउटै हो । मैले महानगरपालिकालाई सकेसम्म एउटा ठाउँमा एउटा स्वीच राखौँ, एउटालाई पदिय जिम्मेवारी दिऔँ र कहाँ दिउँसै बल्यो भन्ने कुराको निगरानी गरौँ भनेको छु । यसले राष्ट्रको शान बढ्ने देखिन्छ । सर्वेश्वर मार्गमा शनीबार बिदा हुनाले त्यहाँ चुहावट भएको छ । शटर उघार्नुभन्दा पहिला स्वीच निभाउनुहोस् । कति ठाउँमा बल्ब बिग्रने समयसम्म बलेको बल्यै हुन्थे । यसको अन्त्य भयो । अफिस वा घरमा बत्ती बलेको खण्डमा छिमेकीलाई भन्ने गरौँ । पानी तान्ने मोटर लगाउँदा रिमाइडरमा राखौँ । पानी साँझ पनि मज्जाले तान्न सकिन्छ/विद्युतिय उपकरणहरु प्रयोगमा ल्याउन सकिन्छ । बेलुका ७ बजे सडकबत्ती बलाऔँ, बिहान निभाऔँ । कसैले हुक तानेर बालेको खण्डमा ११५१ मा फोन गरौँ, यसमा कुनै शुल्क लाग्दैन । विद्युत हाइड्रोपावरमा शेयर हालौँ । यकातिर देश समृद्धि बन्छ अर्कोतिर तपाईँको बचत हुने गर्दछ । आजसम्म ३०० वटा स्वीच फुटेर बलेका सडकबत्ती काटियो र २०० वटा बिनास्वीच जोडिएको काटियो । १० वटाजति ट्रान्समिटरमा आगो लाग्दा विद्युत प्राधिकरण मालेपाटनलाई फोन गरेको छु । कति ठाउँमा मान्छे मरेको हुन्छ, कति ठाउँमा चोरी भएको हुन्छ । सडकबत्ती निभाउँदै जाँदा आजसम्म कुनैपनि नराम्रो खालको दोष आएको छैन । मलाई नराम्रो काम पनि गर्नु छैन । मैले समयमै महशुल तिरेको छु । मैले गरेको समाजसेवा इजरायलबाट सिकेको हुँ । देशले पनि हामी जनतालाई सहयोग गर्नुपर्छ । सबैले देशको निम्ति केहि गरौँ । नेता तथा जिम्मेवार व्यक्तिले बचत गरौँ ।

जय नेपाल !

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja