क्षतिपूर्तिको व्यवस्था गरेर मात्र कार्यान्वयनको योजना अगाडि बढाउन नेपाली काँग्रेस कास्कीको माग



पोखरा

पोखराको फेवाताल संरक्षण सम्बन्धमा पोखरा महानगर पालिकाले मिति २०७६ जेठ ९ गते स्थानीय पत्रपत्रिकामा प्रकाशित गरेको १५ दिने सूचनाप्रति नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्तिमार्फत् गम्भिर ध्यानाकर्षण गराएको छ ।

फेवाताल संरक्षरण र त्यसक्षेत्रका विकासका लागी भन्दै तोकिएको ६५ मिटर मापदण्डभित्र रहेका व्यक्तिका जमिन र त्यसभित्र बनेका संरचना क्षतिपूर्तिबिना १५ दिनभित्र भत्काउन भनी सूचना जारी हुनुले व्यक्तिको सार्वभौम सम्पत्तिमाथिको अधिकार हनन भएको नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्तिमार्फत् बताएको छ । सरकारी नियमले यदि सरकारले कुनै नियम ल्याउँछ र त्यसको लागी व्यक्ति विशेषको जग्गा चाहिएमा सरकारले प्रचलित नियमअनुसार व्यक्तिलाई क्षतिपूर्ति दिई अधिकरण गरी मुअब्जा दिई जमिन राज्यले लिनुपर्ने कानुन भएकाले कानुनको ठाडो उलंघन नगरी क्षतिपूर्तिको व्यवस्था गरेर मात्र मापदण्ड कार्यान्वयनको योजना अगाडि बढाउन सम्बन्धित पक्षसँग नेपाली काँग्रेस कास्कीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja